काठमाडौं । युरो कप छनोटअन्तर्गत फ्रान्सले एकै खेलमा १४ गोल गरेको छ । शनिबार राति भएको खेलमा फ्रान्सले जिब्राल्टरलाई १४-० गोलले हरायो । फ्रान्सले दुवै हाफमा समान ७ गोल गरेको थियो ।
केलियन एमबाप्पेले ३, ओलिभर गिरोड र किङ्सली कोम्यानले समान २ तथा डेम्बेले, एड्रियन रेबियट, युसुफ फोफाना, जोनाथन क्लास, मार्कस थुराम र वारेन जायर एमरीले एक एक गोल गरे । खेलमा सुरुवाती अग्रता फ्रान्सले आत्मघाती गोलमार्फत लिएको थियो ।
तेस्रो मिनेटमा इथान सान्तोसबाट आत्मघाती गोल भएको थियो। सान्तोषले नै १८ औँ मिनेटमा रातो कार्ड पाएका थिए ।

Leave a Reply