प्यूठानमा एकदिनको फरकमा २२ वर्षे आमा र ३ वर्षे छोरा मृत फेला

रुपन्देही । तिहार सकिए लगत्तै प्यूठानमा २२ वर्षीय एक महिला र उनका तीन वर्षे छोरा एक दिनको फरकमा मृत फेला परेका छन् ।

प्यठानको नौबहिनी गाउँपालिका वडा नं ३ खवांग काइयामा आमाछोरा मृत फेला परेका छन् । स्थानीय २२ वर्षीया रिमा बुढामगर शुक्रवार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यसै गरी हराइरहेका ३ वर्षीय छोरा मुस्कान बुढामगर शनिवार मृत फेला परेको इलाका प्रहरी कार्यालय बाहानेका प्रमुख कृष्ण राना मगरले जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक ईश्वर थापामगरले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख थापामगर नेतृत्वको टोली पुगेर अनुसन्धान गरिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *