मंसिर ७ को प्रदर्शनको स्वामित्व एमालेले लियो, च्यासलमा अध्यक्ष र महासचिवको उपस्थितिमा विशेष भेला

काठमाडौं । नेकपा एमालेले मंसिर ७ गते राजधानी काठमाडौंमा युवा संघले गर्ने भनेको वृहत जनप्रदर्शनको स्वामित्व लिएको छ ।

शनिवार केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितका नेता सहभागी विशेष भेलाले मंसिर ७ को प्रदर्शनको स्वामित्व लिएको हो ।

जन संगठन समन्वय संयन्त्रले आयोजना गरेको २३ वटै संगठनका पदाधिकारी र सम्पर्क समन्वय समिति लगायतका सदस्यको विशेष भेलाले सबै शक्ति मंसिर ७ को प्रदर्शनमा केन्द्रित गर्ने घोषणा समेत गरेको छ ।

भेलाको शुरुआत गर्दै संयन्त्रका इन्चार्ज भानुभक्त ढकालले मंसिर ७ को प्रदर्शन राजनीतिक मिसनमा आधारित रहेको भन्दै कतिपयले व्यक्तिको लडाइसँग जोडेकोमा आपत्ति जनाए । उनले यो पार्टीकै कार्यक्रम भएकाले सबै शक्ति लगाइने बताए ।

यहि सन्देश दिन अध्यक्ष र महासचिवसहितको विशेष बैठक राखिएका संयन्त्रकी उपप्रमुख रचना खड्काले बताइन् । मुलुकमा व्याप्त बेथिती,भ्रष्टाचार र सत्ताको ज्यादतिविरुद्ध एमालेको विरोध प्रदर्शन रहेको उनले बताइन् ।

भेला जाजरकोट भुकम्प प्रभावितको लागि स्वंसेवी अभियान,मध्यपहाडी यात्रा र मंसिर ७ को प्रदर्शनका लागि छलफल गर्न आयोजना भएको उनको भनाइ थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *