जनकपुर रेल्वे लिकमा ट्रेनले किचिएर ज्यान गुमाएका वृद्ध भारतीय नागरिक

जनकपुरधाम । जनकपुरधामबाट जयनगरका लागि छुटेको ट्रेनको लिकमा किचिएर मृत्यु भएका वृद्धको परिचय खुलेको छ ।

प्रहरीका अनुसार उनी भारतीय नागरिक हुन् । उनी भारत विहारको मधुवनी जिल्लामा पर्ने खेरामाठका विन्देश्वर दास रहेको प्रहरीले जनाएको छ ।

धनुषाको बैदेही स्टेशनदेखि करिब ५ सय मिटर पूर्वमा रेल्वे लिकमा किचिएर उनको आज विहान मृत्यु भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *