जनकपुर रेल्वे लिकमा ट्रेनले किचिएर वृद्धको मृत्यु

जनकपुरधाम । जनकपुरधामबाट जयनगरका लागि छुटेको ट्रेनको लिकमा किचिएर आज बिहान एक वृद्धको मृत्यु भएको छ ।

धनुषाको बैदेही स्टेशनदेखि करिब ५ सय मिटर पूर्वमा रेल्वे लिकमा किचिएर अन्दाजी ५०/५५ वर्षीय वृद्धको मृत्यु भएको हो । मृतकको पहिचान भने खुल्न सकेको छैन ।

रेल्वे सुरक्षा वेशका डिएसपी खड्क बहादुर शाहीका अनुसार खेतमा शौचालय गर्न गएको बेला रेलमा किचिएको हुनसक्ने अनुमान छ । आज बिहान करिब ९ बजेको घटना हो ।

मृतकको शरीरबाट खुट्टा अलग भएको छ ।मृतकको शव अहिले घटनास्थलमै छ । प्रहरीले मुचुल्का बनाएर शव पोस्टमार्टमका लागि जनकपुरधाम ल्याउने तयारी गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *