टिकटक प्रतिबन्धबारे प्रधानमन्त्रीको दाबी- समाजलाई जोगाउन सबै दलको सहमति लिएर निर्णय गरेका हौँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल टिकटक प्रतिबन्धको निर्णय सबै राजनीतिक दलको सहमतिका आधारमा सामाजिक अराजकता नियन्त्रणका लागि गरिएको बताएका छन् ।

नेपाल संवतको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले लामो छलफल र सबै दलहरूको सहमतिका आधारमा अन्य लोकतान्त्रिक तथा विकसित मुलुकहरूको समेत अभ्यास हेरेर यो निर्णय गरिएको बताए ।

प्रधानमन्त्रीले भने- समाजमा विसंगति विकृति अराजकता फैलाउने,राज्यलाई जिम्मेवारीबाट अगाडि बढ्न रोक्ने खालका प्रवृत्ति कसरी नियन्त्रण गर्ने भनेर लामो छलफलपछि देशभित्रका सबै राजनीतिक दल सत्तापक्ष,प्रतिपक्ष सबैको सहमतिपछि अन्तर्राष्टियरुपमा सबैभन्दा लोकतान्त्रिक विकसित देशले कस्तो मान्यता विकास गरेका छन् भन्ने पनि हेरेर सामाजिक सद्भाव,पारिवारिक एकता खलबल हुनबाट बचाउने उद्देश्यले निर्णय गरिएको हो । यसमा बहस हुँदै जालजा,पक्ष विपक्षमा कुरा आउलान् तर सरकारको उद्देश्य समाजलाई विकृति विसंगति र अराजकता फैलाउनेहरूबाट रोक्ने र नियमन गर्ने हो । रोक्न मिल्नेलाई रोक्ने, नियमन गर्न मिल्नेलाई नियमन गर्दै जाने हो ।

Comments

One response to “टिकटक प्रतिबन्धबारे प्रधानमन्त्रीको दाबी- समाजलाई जोगाउन सबै दलको सहमति लिएर निर्णय गरेका हौँ”

  1. ksp pyl Avatar
    ksp pyl

    एक नम्बरको झुट । एमालेको भनाइ आउन बाँकी छ । रविले त खुला च्यालेन्ज दिईसके त । कहाँ कुन नेतासँग छलफल गरेको प्रमण पेश गर भने पछि प्रचण्ड एक नम्बरको झुट नेता प्रमाणित भए । काम गर्नु छ दिल्लीको आदेशमा मुछ्न अरूलाई पनि खोज्ने ? तिमीहरूजस्तो दलाली एमालेले गर्दैन । एमाले दिल्लीको टट्टु बन्दैन । याद गर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *