एलपीएलको ८ औँ संस्करण : कुन समूहमा परे कुन टीम ?

कैलाली । आठौँ संस्करणको लिटिल फ्लावर प्रमियर लिग २०८० को तयारी तीव्र पारिएको छ । मंसिर ९ गतेबाट मंसिर २३ गते सम्म फाप्ला क्रिकेट मैदानमा लिटिल फ्लावर स्पोर्टस क्लवले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतिगोयतामा सहभागी हुने १६ टिमलाई समूह विभाजन गरिएको छ ।

समूह ए मा शुक्लाफाँटा वल्याकबक्स फाउन्डेसन कञ्चनपुर, खप्तड इन्डोर स्पोर्टस सेन्टर कञ्चनपुर, धनगढी स्पोर्टस क्लब धनगढी कैलाली, कैलाली जिल्ला क्रिकेट क्लब धनगढी कैलाली परेका छन् । त्यस्तै समूह बिमा यूथ अफ टिकापुर कैलाली, शारदा माध्यमिक बिद्यालय धनगढी कैलाली, कैलाली बहुमुखी क्याम्पस धनगढी कैलाली, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली परेका छन् ।

समूह सिमा लिटिल फ्लावर बोर्डिङ हाइ स्कुल धनगढी कैलाली, गरुणा नगरपालिका रौतहट, सुदूरपश्चिमाञ्चल क्याम्पस धनगढी कैलाली, घोडाघोडी क्रिकेट एकेडेमी प्रालि घोडाघोडी कैलाली छन् भने समूह डी मा क्रिकेट एक्सलेन्स सेन्टर काठमाडौँ, लिटिल इन्जल स्कुल दाङ, सत्यवती एकेडेमी अत्तरिया कैलाली र जे एस स्पोर्टस ११ सुपर स्टार कञ्चनपुर रहेको लिटिल फ्लावर स्पोर्टस क्लबका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ ट्रफि मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेताले १ लाख २८ हजार ट्रफि मेडल र प्रमाण पत्र पाउने छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट बलर र व्याटरले जनही सात हजार ५ सय पाउने छन् । त्यस्तै उदयमान खेलाडीले ५ हजार एवम् र ट्रफि मेडल र प्रमाण पत्र पाउने छन्

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *