सत्तारुढ दल नेकपा एसको पत्रकार संगठनले भन्यो- टिकटक बन्द गर्ने पक्षमा छैनौँ, निर्णय फिर्ता होस्

काठमाडौं । सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीको भातृ सङ्गठन समाजवादी प्रेस संगठनले टिकटक बन्द गर्ने सरकारको निर्णय फिर्ता दिन लिन गरेको छ ।

आज सङ्गठनका महासचिव रामकुमार एलनले एक विज्ञप्ति जारी गरेर टिकटक बन्द गर्ने सरकारी निर्णयको पक्षमा नभएको भन्दै उक्त निर्णय फिर्ता लिन आग्रह गरेका हुन् । उनले कानुन बनाएर सबै सामाजिक सञ्जाल सञ्चालनको विधि र थिति बनाउनु पर्नेमा जोड दिए ।

‘टिकटसहित अन्य सामाजिक सञ्जालले पनि नेपालका यी बिभिन्न पाटोमा धावा बोलिरहेको सत्य हो । यस कारण कानुन बनाएर सरकारले गर्ने कार्यमा हाम्रो सहमति र साथ रहने जानकारी गराउँदै हठात् कुनै एउटा सञ्जाल बन्द गर्ने सरकारको निर्णयको पक्षमा हामी रहन सक्दैनौँ’, विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कदमले सरकारको कयौँ राम्रा कदमलाई पनि छोपछाप पारेर उल्टो बाटोमा यात्रा तय गरेको संकेत गर्ने भएकाले यस्तो निर्णय फिर्ता लिएर कानुन बनाएर सबै सामाजिक सञ्जाल सञ्चालनको विधि र थिति बनाउन पनि आग्रह गर्दछौँ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *