जनकपुरधाम । सामाजिक संजाल टिकटक बन्द गर्ने सरकारको निर्णयको सिरहा, मिर्चैयाका यूवाहरुले मैनबत्ती प्रज्वलन गरी स्वागत गरेका छन् ।
यूवा अभियन्ता पंकज शर्माको नेतृत्वमा यूवाहरुले मिर्चैया बजारमा मैनबत्ती प्रज्वलन गरी टिकटक बन्द गर्ने सरकारको निर्णयको स्वागत गरे । उनीहरुले सरकारलाई निर्णयबाट पछाडी नहट्न आग्रह गरेका छन् ।
शर्मा विगत लामो समयदेखि टिकटक बन्द गर्नुपर्ने अभियान चलाएका थिए । टिकटकबाट सामाजिक सद्भाव भड्काउने र समाजमा अंश्लिलता फैलाउने गरिएकाले बन्द हुनुपर्ने उनको भनाई छ ।
उनले भने, ’टिकटक बन्द हुनुपर्छ भने पटक पटक आन्दोलन गरे । आज सरकार बल्ल यथार्थ बुझेर टिकटक बन्द गर्ने निर्णय गर्यो । मलाई अत्यन्त खुशी महसुस भइरहेको छ ।’
टिकटक बन्द गर्ने सरकारले निर्णय गरेपछि सामाजिक संजाल प्रयोगकर्ता बिभाजित देखिएका छन् । धेरैले टिकटक बन्द गर्ने निर्णय फिर्ता लिन सरकारलाई दबाब दिइरहेका छन् ।

Leave a Reply