उर्लाबारीमा आगोलागीमा घाइते भएका १४ जनालाई थप उपचारका लागि लगियो काठमाडौं

विराटनगर । मोरङको उर्लाबारी-७ मा भएको आगोलागीमा परि घाइते भएका १४ जनालाई थप उपचारको लागि काठमाडौं लगिएको छ । नेपाली सेनाको जहजबाट थप उपचारका लागि किर्तिपुर स्थित बर्निङ अस्पताल लगिएको छ ।

उर्लाबारी बरगाछीस्थित दीपक कार्कीको घरमा भएको आगलागीमा २८ जना घाइते भएका छन् ।

प्रदेश सरकार मुख्यमन्त्री कार्यालयले दिएको विवरण अनुसार घाइतेहरु मध्य रिद्दीकिरण राई,कुमार तामाङ, सलिम मन्सुरी, दिलकुमार आचार्य , चुणामणि प्रधानलाई काठमाडौ लगिएको छ । यस्तै दिनेश शर्मा, शिवकुमार विक, दिपेन्द्र कार्की, रामेश्वर मरिच,विशाल बस्नेत, कौशल गुरुङलाई पनि थप उपचारका लागि लगिएको छ । यसै गरि नेत्र भण्डारी, तारामणि लिम्बू , राजन लिम्बूलाई पनि काठमाडौ लगिएको छ ।

उनीहरुमध्ये तीनलाई डिस्चार्ज गरिने र दुई जनालाई विराटगर अस्पतालमा लगिने बताइएको छ । यस्तै विराटनगर अस्पतालमा दिनेश शर्मा, शिवकुमार विक, दिपेन्द्र कार्की, सुमन चौधरी, रामेश्वर मरिचको, विशाल बस्नेत, कौशल गुरुङको उपचार भइरहेको छ । जसमध्ये चौधरीलाई विराटनगर बाहिर लानुपर्ने अवस्था रहेको बताइएको छ ।

आगलागीमा परी प्रहरीतर्फ एकजना असई, एक जना हबल्दार, दुई जना जवान घाइते भएका छन् । अन्य २४ जना सर्वसाधरण भएको मोरङ प्रहरीका प्रवत्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *