काठमाडौं । नेकपा एमालेको नेता महेश बस्नेतले सरकारले टिकटक बन्द गर्ने निर्णय स्वागत गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अन्य सामाजिक सञ्जाल र युट्युब पनि तत्काल नियमन गर्नुपर्ने धारणा राखेका छन् ।
‘नेपालमा टिकटक ब्याण्ड गर्ने सरकारको स्वागतयोग्य निर्णय । अन्य सामजिक संजाल र युट्युब पनि तत्काल नियमन गरोस् । यो माध्यमबाट अपराध गरिरहेकाहरुलाई कारबाहीको दायरामा ल्याओस्’, बस्नेतले लेखेका छन् ।

Leave a Reply