काठमाडौं । काठमाडौंको पुतलीसडकमा रहेको लुम्बिनी तन्दुरीमा भएको आगलागी नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार दिउँसो एक घरको चार तलामाथि रहेको लुम्बिनी तन्दुरीमा आगलागी भएको हो ।
आगो काठमाडौं महानगर, नेपाल प्रहरी लगायतको दमकलले नियन्त्रणमा लिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसारआगलागीको कारण खुलिसकेको र क्षतिको विवरण पनि आइसकेको छैन ।

Leave a Reply