नेपालमा टिकटक बन्द, सरकारले गर्‍यो यस्तो निर्णय

काठमाडौं । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ ।

आज बसेकाे मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हाे ।

टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता  रेखा शर्माले नेपाल प्रेसलाई जानकारी दिइन् ।
पछिल्लो समय नेपालमा सामाजिक सद्भाव विथोल्ने गतिविधि भइरहेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय भएको उनले बताइन् ।
उनका अनुसार मन्त्रिपरिषद् बैठकले नेपाली क्यालेण्डरमा नेपाल सम्वतलाई पनि विक्रम सम्वत जस्तै गरेर उल्लेख गर्ने निर्णय पनि गरेको छ । नेपाल सम्बतलाई यस अघि नै राष्ट्रिय सम्बतका रुपमा घोषणा भइसकेको छ ।
व्यवहारिक रुपमा कार्यान्वयनमा नआएको भन्दै सरकारले २०८० कात्तिक २८ गतेदेखि सुरु हुने नेपाल सम्बत ११४४ को उपलक्ष्यमा शुभकामना दिदैँ विक्रम सम्बत उल्लेख गरिने सरकारी कागजमा नेपाल सम्बत पनि उल्लेख गर्ने निर्णय भएको हो ।

Comments

One response to “नेपालमा टिकटक बन्द, सरकारले गर्‍यो यस्तो निर्णय”

  1. मिम योञ्जन Avatar
    मिम योञ्जन

    अगाडि नै गर्नु पर्थ्यो ढिला भएनी गरेछन खुशी लाग्यो,गरिव देशका नागरिक दिनरात त्यसैमा भुल्थे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *