झलनाथको चिन्ता- देश संकटग्रस्त अवस्थामा छ, कतिबेला के हुन्छ थाहा छैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राजनीतिक रुपमा देश संकटग्रस्त अवस्थामा रहेको बताएका छन्।

अमृतनाथ तिमिल्सिनाको पुस्तक समृद्धि सरोकार लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै अहिले प्रचण्ड नेतृत्वको सरकारको काम गर्न नसकेको बताए।

उनले भने, हामीलाई दुई तिहाई बहुमत आउनु भनेको बढी भएछ संसद विघटन गरिहालियो। त्यसपछि हामीले दुईवटा सरकार भोगिसक्यौं। अहिले कमरेड प्रचण्डको नेतृत्वमा सरकार छ। यो दुईवटा सरकारले अघिल्लो सरकारले गर्न नसकेको काम गर्नुपर्नेथ्यो। तर, एउटै काम पनि अगाडि बढेको छैन। त्यसैले अहिले राजनीतिक क्षेत्र दिशाहिन बनेको छ।

उनले आठवटा संसद कहिँ पनि एउटा दलले बहुमत ल्याउन नसक्ने स्थिती बनेको बताए। उनले थपे, त्यही जनताले एउटा पार्टीलाई बहुमत दिएका थिए। अहिले कुनै पार्टीलाई नपत्याउँने स्थिती बन्यो। राजनीतिक रुपमा देश संकटग्रस्त अवस्थामा छ। कहाँ कतिबेला के हुन्छ भन्ने सकिँदैन।

Comments

One response to “झलनाथको चिन्ता- देश संकटग्रस्त अवस्थामा छ, कतिबेला के हुन्छ थाहा छैन”

  1. nagendra Avatar
    nagendra

    यो सब बनाउने गर्ने तिमीहरु हो : सब ठीक हुन्छ, सब्सी कुरा मिल्छ भन्थेउ ‘ओली’ लाई हटाए पछी : किन कसरी उल्टो भयो !? यसको कारण हो तिमीहरुको आज्ञानता र अल्पज्ञान !! तिमीहरु कत्ती कन्जोर छौ समस्या पहिचान र बिस्लेसन गर्न भन्ने कुराको प्रमाण हो यो !? कस्लाई दोस दिन्छौ !?
    तिमीहरुको अयोग्यता र अज्ञानताको सिकार सिङो देश भयो !! तिमीहरु कत्ती गलत छौ : थाहा पाएु, बुझेउ, सम्झेउ ?! तर बिडम्बम्बना त्यो सब गर्न बनाएको २-४ लठुवाहरुको ठग गठबन्दन बोकेर हिंडेको छौ : अझै कत्ती हुन्छ बर्बादी !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *