काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत कर्मचारीले सात दिनको तलब सुविधा भूकम्प प्रभावितलाई सहयोग गर्ने भएका छन् । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आयोगका पदाधिकारीको सात दिन बराबरको तलब रकम प्रधानमन्त्री दैवी प्रयोग उद्धार कोषमा जम्मा गर्ने जनाएको हो ।
कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएको भूकम्पमबाट मृत्युवरण गर्ने नागरिकप्रति श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदन व्यक्त गर्नुका साथै घाईतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको आयोगका सहसचिव एवम प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply