वर्षमान पुन भन्छन्- माओत्सेतुङपछि देशमा शुद्धीकरण अभियान चलाउनेमा प्रचण्ड नै हो

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा पार्टीभित्र र देशमा रूपान्तरणको अभियान चलाएको बताएका छन्।

रोल्पाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरु समाजवादमा जाने कोसिस गरिरहेका बताए।

उनले भने, सरकार र पार्टी दुवै ठाउँमा शुद्धीकरण अभियान चलाइरहेका छौं। पार्टीका अध्यक्ष कमरेड प्रचण्डलाई पनि देशका सात वटा वडामा जाने गरी कार्यविभाजन गरिएको थियो। त्यही योजनामा उहाँ आज थवाङ आउनुभएको छ। आफैमाथि प्रश्न उठाउने, आफैंलाई शुद्धीकरण गर्ने काम महत्त्वपूर्ण छ। माओत्सेतुङपछि पार्टीभित्र र देशमा शुद्धीकरण अभियान चलाउनेमा माओवादी पार्टी र अध्यक्ष प्रचण्ड नै हो।

उनले देशमा भ्रष्टाचारविरोधी अभियान, पार्टीभित्र विशेष रूपान्तरण अभियान सिंगो राजनीतिक आन्दोलनको शुद्धीकरण गरेको बताए।

उनले भने, ‘रोल्पामा गुणात्मक विकास भएको छ। पहिला ५/६ गाविसमा बाटोले जोडेको थियो। अहिले ७१ वडामा नै मोटरबाटोले छोएको छ। पहिला १०र११ वडामा विजुली थियो, अहिले सबै वडामा पुगेको छ। गणतन्त्रअघि र गणतन्त्रपछिको विकासको तुलना गरेर हेरौं, २५० वर्षमा नभएको विकास गणतन्त्रको पछिल्लो १५ वर्षमा भएको छ। यो आजको तथ्य हो।’

Comments

2 responses to “वर्षमान पुन भन्छन्- माओत्सेतुङपछि देशमा शुद्धीकरण अभियान चलाउनेमा प्रचण्ड नै हो”

  1. ksp pyl Avatar
    ksp pyl

    प्रचण्डले देशै बेच्लान भन्ने भैसक्यो । शुद्वीकरण अभियान ?

  2. मुरारि पराजुली Avatar
    मुरारि पराजुली

    एउटा बेइमानले अर्को बेइमानको क्या तारिफ गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *