भूकम्पपीडितका लागि राहत वितरणमा सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता दिएको बताएका छन् ।

रोल्पा जिल्ला अस्पताल र थबाङको मोटरेवल पुल उद्घाटनका लागि नेपालगञ्जबाट रोल्पा प्रस्थान गर्ने क्रममा पत्रकारसँग कुरा प्रधानमन्त्री दाहालले सरकारले भूकम्पपीडितका लागि राहत वितरणमा कुनै कसर बाँकी नराखेको समेत बताए।

उनले भने राहत व्यवस्थापनका लागि सरकारले पहिलो प्राथमिकतामा महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई प्राथमिकतामा राखेको छ। राहत वितरण प्राथमिकताका आधारमा भइरहेको छ ।

Comments

One response to “भूकम्पपीडितका लागि राहत वितरणमा सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री”

  1. ksp pyl Avatar
    ksp pyl

    जनार्दन शर्माले जस्तै ? कसर बाँकी नराखेको देखियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *