भूकम्प पीडितका लागि करिब ६ करोड जम्मा, कसले कति गरे सहयोग ?

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा अहिलेसम्म करिब ६ करोड रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार बुधबार साँझ सम्ममा विभिन्न व्यक्ति तथा निकायबाट पाँच करोड ९५ लाख रुपैयाँ जम्मा भएको हो ।

जसमा सबैभन्दा बढी भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङले एक करोड ११ लाख ११ हजार रुपैयाँ जम्मा गरेको छ भने दोस्रोमा राष्ट्रिय वाणिज्य बैंक र बुद्ध एयरले एक-एक करोड रुपैयाँ जम्मा गरेका छन् ।

तेस्रोमा नेपाली कांग्रेसले ५० लाख गरेको छ भने त्यसपछि क्रमशः मुक्तिनाथ दर्शन प्राली र केएनपी जापाना प्रालीले पाँच–पाँच लाख, कुस्मा नगरपालिकाले चार लाख ७० हजार रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेका छन् ।

यस्तै, नेपाली काँग्रेस धादिङले एक लाख ५१ हजार, चैतन्य एकेडेमीले एक लाख, डा.मनिषा रेग्मीले एक लाख १० हजार जम्मा गरेका छन् भने अन्य विभिन्न व्यक्ति तथा निकायबाट दुई करोड चार लाख ४७ हजार रुपैयाँ जम्मा भएको छ ।

यस्तै, राजनीतिक दलको तर्फबाट अहिलेसम्म नेपाली कांग्रेस केन्द्रीय समितिबाट ५० लाख र नेपाली कांग्रेस धादिङबाट एक लाख ५१ हजार मात्रै जम्मा भएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *