लुम्बिनीका कर्मचारीले तीन दिनको तलब भूकम्प पीडितलाई दिने

रुपन्देही । लुम्बिनी प्रदेश राजधानीमा कार्यरत कर्मचारीले भूकम्प पीडितलाई तीन दिनको तलब राहत कोषमा जम्मा गर्ने भएका छन् ।

भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिमलगायतका प्रभाविक क्षेत्रका नागरिकका लागि प्रदेशमा कार्यरत सम्पूर्ण कर्मचारीले एक दिनदेखि तीन दिनसम्मको पारिश्रमिक रकम भूकम्प प्रभावित क्षेत्रका लागि दिने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लुम्बिनीका उपसचिव यमकान्त पाण्डेले जानकारी दिए ।

प्रमुख सचिवको अध्यक्षतामा बसेको सचिवस्तरीय निर्णयअनुसार ११औं तह वा सो भन्दा माथिका कर्मचारीले तीन दिनको तलब, अधिकृत छैठौंदेखि दशौं तह वा सो सरहसम्मका कर्मचारीले दुई दिनको तलव र सहायक स्तर र तह विहीन कर्मचारीले एक दिनको तलव भूकम्प पीडितका लागि उपलब्ध गराउने भएका हुन् ।

उक्त रकम कर्णाली प्रदेश सरकारको विपद व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय गरिएको प्रमुख सचिव राधिका अर्यालले जानकारी दिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *