आरती साहलाई न्यायको माग गर्दै प्रभु साह सडकमा (भिडिओ)

काठमाडौं । आम जनता पार्टीले आरती साहलाई न्याय दिलाउन माइतीघर मण्डलामा विगत १४६ दिनदेखि अनवरत न्यायको पखाईमा संघर्षरत पीडित परिवारको धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाएको छ।

आजपाका अध्यक्ष प्रभु साहसहित सयौंको संख्यामा सहभागी भई ऐक्यबद्धता प्रकट गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो।

अध्यक्ष साहले राज्यले पीडित परिवारको माग सम्बोधन गर्न वेवास्ता गरेको भन्दै आरती साहलाई न्याय दिन सरकारसँग माग गरे।

गत जेठमा धनुषास्थित जनकपुरधाममा आरती साहलाई सासु, ससुरा, श्रीमान र देवर मिली दाइजोको निउमा कुटपिट गरेर हत्या गरेको भन्दै पीडित परिवारले माइतीघर धर्ना बस्दै आएको छ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *