भूकम्प प्रभावित क्षेत्रमा एक करोड बढीको श्रम गर्न एमालेले स्वयमसेवक खटाउने (भिडिओ)

काठमाडौं । नेकपा एमालेले भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयमसेवक खटाउने भएको छ। पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकपछि मंसिर १ गतेबाट भूकम्पप्रभावित क्षेत्रमा स्वयमसेवक खटाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

उनले भने, भूकम्पमा घरबार गुमाएकाहरुको अस्थायी आवास निर्माणको लागि हामीले १ हजार स्वम्सेवकहरु मंसिर १ गतेदेखि खटाउँछौं। हामीले ५ हजार कार्यदिन भन्दाबढी त्यहाँ खट्नेछौं। एक करोडभन्दा बढी मुल्यको श्रम गर्नेछौं। हजारौं टहराहरु बनाएर नागरिकहरुलाई न्यानो बसाइँको व्यवस्था गरेर फर्कन्छौं। कामको संयोजन पार्टीको प्रदेश कमिटीले गर्नेछ।

उनले ०७२ सालको भुकम्पपछि ५० हजार स्वयमसेवक परिचालन गरेर तीन महिनाको बीचमा २७ हजार घरटहर बनाएर हस्तान्तरण गरेको स्मरण पनि गरे।

उनले राहत संकलन भएर पनि नपाएको स्थितीमा पनि राजनीति भएकाले गम्भिर हुनको लागि सरकारलाई ध्यानाकर्षण समेत गराएको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *