सिंहदरबारमा १२ बुँदेदेखि शान्ति र संविधानमा भूमिका खेल्ने दलहरुको बैठक, रास्वपा राप्रपालगायत परेनन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा १२ बुँदे समझदारीदेखि शान्ति प्रक्रिया र संविधान निर्माणमा भूमिका खेलेका दलहरुको सहभागितामा सर्वदलीय बैठक बसेको छ ।

पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध संगठितरुपमा जनतामा उत्तेजना फैलाउने र यसका नेतृत्वकर्तामाथि लाञ्छना लगाउने क्रम बढेकाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् ।

दिल्लीको १२ बुँदे समझदारीदेखि शान्ति सम्झौता र संविधान निर्माणमा नेतृत्वकारी भूमिका खेल्ने दलहरुको बैठक भएकाले रास्वपालगायत नयाँ दल र राप्रपाको भने सहभागिता छैन ।

त्यस्तै बैठकमा जाजरकोटको भूकम्पले भएको क्षति, पीडितहरुको उद्धार, राहतलगायतका विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता कृष्ण सिटौला, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, महेश बर्तौला, पदम गिरी, नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेताहरुको उपस्थिति रहेको छ ।

 

Comments

One response to “सिंहदरबारमा १२ बुँदेदेखि शान्ति र संविधानमा भूमिका खेल्ने दलहरुको बैठक, रास्वपा राप्रपालगायत परेनन्”

  1. bipin dhakal Avatar
    bipin dhakal

    यदि तपाईंहरूले यस्तै गर्नुहुन्छ भने, तपाईंहरूका लागि धेरै समय बाँकी छैन,कुनै पनि लोकतन्त्रमा अस्वीकार्य राजनीतिको अन्त्य हुनुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *