स्वास्थ्यमन्त्रीले फेरे भरतपुर अस्पतालका प्रमुख, नयाँ मेसुमा डा. तिवारी

चितवन । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट फेरिएका छन् । हाल कार्यरत डा. कृष्णप्रसाद पौडेललाई परिवर्तन गरी स्वास्थ्यमन्त्री मोहन बस्नेतले श्रीराम तिवारीलाई जिम्मेवारी दिएका हुन् ।

संघअन्तर्गत पर्ने यस अस्पतालमा आजै बस्नेतले मन्त्रीस्तरीय निर्णयबाट डा. तिवारीलाई जिम्मेवारी दिएका हुन ।

हाल कार्यरत मेसु डा. पौडेल १०औं तहका चिकित्सक हुन् । उनलाई २०७८ साल भदौ १५ गतेको मन्त्रीस्तरीय निर्णयबाट मेसुको जिम्मेवारी दिइएको थियो ।

भने हाल डा. तिवारी वीर अस्पतालमा कार्यरत तिवारी ११औँ तहका चिकित्सक हुन् । उनी यसअघि पनि भरतपुर अस्पतालका मेसु भइसकेका थिए । डा. पौडेल र तिवारी दुवैजना नेपाली कांग्रेसनिकट हुन् ।

Comments

One response to “स्वास्थ्यमन्त्रीले फेरे भरतपुर अस्पतालका प्रमुख, नयाँ मेसुमा डा. तिवारी”

  1. ksp pyl Avatar
    ksp pyl

    कतिको डिल हो यो ? कमाउ बस्नेत कमाउ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *