राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् ।

गत शुक्रवार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरूको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज बिहान त्यस क्षेत्रमा जान लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

भूकम्पपछि मुलुकमा आइपरेको प्राकृतिक विपत्तिको अवस्थामा मुलुक बाहिर जानू उपयुक्त नभएको भन्दै उनले सोमबार २२ कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका थिए ।

Comments

2 responses to “राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाने”

  1. ksp pyl Avatar
    ksp pyl

    काम न काजकाहरू किन जाने ? राहत बाँडने काम गर्ने चाहिँ छैनन । यी काम न काजका गएर, राज्यको पैसा खर्च गरेर के हुन्छ ? व्यवस्थापन भद्रगोल छ, भएको राहत माओवादी र काँग्रेसकाले लुटेर लगिरहेका छन् ।

  2. दीपक प्रसाद भट्टराई Avatar
    दीपक प्रसाद भट्टराई

    पिडितहरुको उद्दार तथा सहयोगको व्यवस्थापनमा लागेका जिल्लाका प्रमुख निकायहरुलाई बिथोल्न किन जानु पर्या, रमिता महोत्सव हो र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *