भूकम्प पीडितलाई चीनले दिएको १० करोड बराबरको सामग्री आज राति काठमाडौं आइपुग्ने

काठमाडौं । चीन सरकारले जाजरकोटमा गएको भूकम्पका पीडितका लागि दिने भनेको सामग्रीहरु आजै राति काठमाडौं आइपुग्ने भएको छ ।

चीनले १० करोड बरावर मूल्य भएका २३०० ठूलो टेन्ट, २००० ब्लांकेट, ७०० त्रिपाल र ५०० स्प्रे आज चीनको जिलोङ काउन्टीबाट रसुवा हुँदै आजै रातिसम्मा काठमाडौं आइपुग्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भूकम्प पीडितहरुको सहयोगका लागि १० रुपैयाँ बराबरको सामग्री सहयोग गर्ने चीनले घोषणा गरेको थियो ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *