आरतीका परिवारलाई छलफल गर्न गृह मन्त्रालयले बोलायो

काठमाडौं । आरती साहको हत्या भएकोमा न्याय दिन र दोषीलाई कारबाही गर्न माग गर्दै धर्नामा रहेका परिवारजनलाई गृह मन्त्रालयले छलफल गर्न बोलाएको छ ।

आरतीका बुवा विनोदप्रसाद साहलाई सम्बोधन गर्दै गृह मन्त्रालयका शाखा अधिकृत दिनेश न्यौपानेले छलफलका लागि पत्र पठाएको उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार साहको तर्फबाट आधिकारिक प्रतिनिधि तोकी निष्कर्षसहित घर फर्कने वातावरण तयार गर्न मन्त्रालयमा छलफल गर्न बोलाइएको हो । आरतीको न्यायका लागि यसअघि पनि गृह मन्त्रालयमा वार्ता तथा छलफल भएको थियो ।

घटनाप्रति मन्त्रालयको गम्भीर चासो रहेको, सत्यतथ्य छानबिन गरिएको र केही विषय सम्बोधनसमेत भएको प्रेस सल्लाहकार गिरीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *