रुपन्देही । नेकपाका संस्थापक महासचिव पुष्पलालको अस्तु नेपाल लिएर आउने कम्युनिष्ट नेता रामचन्द्र चापागाईं (आरसी)को उपचारका क्रममा सोमबार निधन भएको छ ।
भारतमा पुष्पलालसँगै नजिक बसेर काम गरेका चापागाईलाई त्यही कारणले सबैले माइला दाई भनेर चिन्दथे । लामो समयदेखि मुटुरोग, दमलगायतका रोगबाट ग्रसित भएका चापागाईंको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा सोमबार अपरान्ह ७४ वर्षको उमेर निधन भएको हो ।
अहिले उनी नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य रहेका थिए । स्वर्गीय चापागाईंका श्रीमती थानकुमारी चापागाई एमाले लुम्बिनी प्रदेश सदस्य तथा यसअघिको सांसद हुन् । चापागाईको एक छोरी रहेकी छन् । कम्युनिष्ट आन्दोलनका विषयमा विभिन्न पुस्तकहरु लेखेका चापागाई बुटवल क्षेत्रमा रहेर नियमित लेखरचनाहरु प्रकाशन गरिरहन्थे ।

Leave a Reply