काठमाडौं । नेकपा एकीकृत समाजवादी ले भूकम्पपीडितका लागि २५ लाख रूपैयाँ राहत जम्मा गर्ने निर्णय गरेको छ । सोमबारको सचिवालय बैठकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।
बैठकले राजनीतिक नियुक्ति लिएकालाई १५ दिनको पारिश्रमिकबराबरको रकम पनि पार्टीमा जम्मा गर्न भनेको छ ।
कार्यकर्ताबाट रकम संकलन गरी दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको नेकपा एस प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

Leave a Reply