काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय कृत्रिम हातखुट्टा दिवसको अवसरमा आइतबार कृत्रिम हातखुट्टा तथा सहायक सामाग्री व्यवसायी संघ आलाडाले नक्सालस्थित नारायणचौरमा कार्यक्रम आयोजना गरेर दिवस मनाएको छ ।
कार्यक्रममा वडा नं १ का वडाध्यक्षले कार्यक्रममा प्रमुख अतिथि थिए । आलाडाले कार्यक्रममा यस दिवस सम्बन्धी जानकारी भएको पर्चालाई बेलुनमा राखेर आकाशमा उडाएका थियो । कृत्रिम हातखुट्टाका प्रयोगकर्ताहरुबाट नै बेलुन उडाएर यस कार्यक्रमलाई थप सार्थक बनाइएको थियो ।
कृत्रिम हातखुट्टा तथा सहायक सामग्री व्यवसायी संघ आलाडाका अध्यक्ष जेवीन्द्र सिंहले यस कार्यक्रमहरुले विश्वभरका कृत्रिम हातखुट्टा प्रयोगकर्ताहरुलाई पनि हौसला मिल्ने कुराको जानकारी गराए । आगामी दिनमा यो काम गर्ने प्राविधिकहरुको कमीका बारेमा चर्चा समेत गरिएको थियो ।
आलाडाको स्थापना शारीरिक अपांगता भएका व्यक्तिहरुलाई कृत्रिम हातखुट्टा प्रयोगको लागि प्रोत्साहन गरेर जीवन सहजताको आयाम थप्नु हो । आलाडाले अघिल्लो वर्षको स्थापनादेखि नै कृत्रिम हातखुट्टा दिवस मनाउने गरेको छ ।


Leave a Reply