कोशी सरकारबाट बाहिरिएको एमालेले समर्थन भने फिर्ता नलिने (भिडिओ)

विराटनगर । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

सोमबार विराटनगरस्थित प्रदेशसभा भवनमा बसेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारबाट फिर्ता भएपनि समर्थन भने जारी राख्ने निर्णय गरेको एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

सरकारलाई दिएको समर्थन तत्काललाई फिर्ता नलिने तर प्रमुख प्रतिपक्षी दलका रूपमा प्रदेशसभा बैठकमा बस्ने निर्णय भएको भण्डारीले बताए ।

एमालेका ३९ जना प्रदेश सांसदको समर्थनमा कोशी प्रदेशमा केदार कार्की नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो । कार्कीले गठबन्धन दलका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई भित्र्याएपछि एमाले सत्ताबाट बाहिरिसकेको छ ।

एमालेले समर्थन फिर्ता लिने बित्तिकै मुख्यमन्त्री केदार कार्कीले पुनः विश्वासको मत लिनुपर्ने अवस्था थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *