तनहुँमा चलिरहेको ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु

पोखरा । तनहुँमा चलिरहेको ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु भएको छ ।

तनहुँ भिमाद नगरपालिका वडा नं. ६ जनज्योती स्कुलतर्फबाट बसपार्कतर्फ जाँदै गरेको ग १ त ४४४६ नं.को ट्याक्टरबाट सोमबार बिहान खसेर ३३ वर्षीय मीनबहादुर सार्की मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका सार्की उपचारको लागी बिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास केन्द्रमा लगिएको डाक्टरले मृत घोषणा गरेको तनहुँका प्रहरी नायव उपरीक्षक सूचना अधिकारी मोहन बहादुर खाँणले जानकारी दिए ।

ट्याक्टर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *