काठमाडौं । टी-२० विश्वकप छनोटका फाइनलमा विष्फोटक अर्धशतक बनाउँदै गुल्शन झा आउट भएका छन् ।
ओमानका फास्ट बलर विलाल खानले उनको महत्वपूर्ण विकेट लिए ।
संकटको अवस्थामा रहेको नेपाललाई खेलमा फर्काउँदै गुल्शनले उत्कृष्ट इनिङ खेलेका थिए । उनले आउट हुनुअघि २५ बलमा ५४ रन बनाए, जसमा ४ छक्का र ५ चौका समावेश थिए ।
गुल्शनले २० बलमा अर्धसतक पूरा गरेका थिए । १७ औं ओभरको अन्तिम बलमा बिलाल खानलाई कडा सट प्रहार गर्न खोज्दा उनी फाइनल लेगमा क्याच भए ।
अहिले क्रिजमा कप्तान रोहित पौडेल डटिरहेका छन् । उनलाई साथ दिन विवेक यादव आएका छन् ।

Leave a Reply