विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सुरु

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरु भएको बैठकमा उपप्रधानमन्त्रीहरू, सबै मन्त्रालयका मन्त्रीहरू, सबै प्रदेशका मुख्यमन्त्रीहरू, विपक्षी दलका नेता, विज्ञ सदस्य, मुख्यसचिव र प्रधानसेनापति लगायत सहभागी छन् ।

प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सम्पन्न हुने उक्त बैठकमा शुक्रवार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको क्षति, राहत, उद्धार र उपचारबारे छलफल तथा निर्णय हुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *