सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा भूकम्पमा परी घाइते भएका २५ जनाको उपचार भइरहेको छ ।
जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा घाइते २५ मध्ये महिला १३, पुरुष ७ र ४ जना बालबालिका उपचार प्रदेश अस्पतालका प्रमुख डाक्टर डम्मर खड्काले नेपाल प्रेसलाई जानकारी दिए ।
घाइतेको उपचार मध्ये एक जनालाई भेन्टिलेटरमा राखिएको छ भने तीन जनाको शल्यक्रियाको तयारी गरिएको र दुई जना सामान्य उपचार पछि डिस्चार्जको अवस्थामा रहेको डाक्टर खड्काले जानकारी दिए ।
अस्पताल परिसरमा नेपाल आर्मीले टेण्ट लगाएको छ भने अस्पतालमा ५० बेड भूकम्पबाट घाइते भएकाहरूको लागि उपचारका लागि खालि राखिएको छ ।
प्रदेश अस्पतालमा स्वास्थ्यकर्मीको जनशक्तिमा कमी नभएको डाक्टर खड्काले बताए ।


Leave a Reply