भूकम्पका घाइतेहरूको भेरी अस्पतालमा उपचार शुरु

रुपन्देही । जाजरकोट भूकम्पका घाइतेहरूको भेरी अस्पताल नेपालगन्ज उपचार शुरु भएको छ ।

अस्पतालमा पहिलो घाइते भेरी नपा ३ खलंगा , जाजरकोट निवासी विमलकुमार कार्कीको खुट्टा भाँचिएको अवस्थामा एम्बुलेन्समार्फत आइपुगेको अस्पतालले जनाएको छ । उनको उपचार शुरु भएको छ ।

भेरी अस्पताललाई डेडिकेटेड अस्पतालको रूपमा विकास गरी सबै घाइतेलाई एकीकृत सेवा दिने प्रबन्ध मिलाएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताए ।

अहिले विमानस्थलबाट पनि घाइतेहरूलाई यहाँका अस्पतालमा ल्याइएको छ ।

यसै गरी आवश्यक व्यवस्थापकीय निर्णयहरू गर्न अहिले १० बजे जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आकस्मिक बैठकसमेत बस्दै छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *