भूकम्प पीडितको उद्धार तथा पुनर्स्थापनाको लागि कांग्रेसद्वारा ५० लाख सहयोग

हेटौँडा । कांग्रेसले भूकम्पमा परेकाको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारको कोषमा पचास लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको घटनाले समस्त नेपालीलाई मर्माहत र दुखी बनाएको छ ।
यस्तो समयमा सरकार, राजनैतिक दलहरु, संघ–संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न कांग्रेसले सबैमा अपील समेत गरेको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती जारी गर्दै उद्धार राहात तथा पुनस्थापनाको लागि ५० लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिएका हुन् ।

विज्ञप्तीमा भनिएको छ ‘स्वदेश तथा विदेशमा भएका सबैलाई तन, मत तथा धनको साथ खुल्ला ह्दयले मानविय सेवाको अभियानमा जुटन आग्रह गर्दछ ।’

गए राती गएको भूकम्पको कारण जाजरकोट तथा रुकुम पश्चिममा करिब १ सय ३३ को ज्यान गएको छ भने सयौँको संख्यामा घाइते भएका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *