भूकम्प प्रभावित क्षेत्रमा सुदूरपश्चिम सरकारले चिकित्सक र औषधी पठाउँदै, १ करोड रुपैयाँ सहयोग गरिने

कैलाली । जाजरकोट र रुकुम पश्चिममा आएको भूकम्प प्रभावितहरुको उपचारका लागी सुदूर पश्चिम सरकारले चिकित्सक र औषधी पठाउने भएको छ ।

अहिले बिहान मुख्यमन्त्री कार्यालयमा बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले प्रभावित क्षेत्रमा चिकित्सक र औषधी पठाउने तयारी भएको हो ।

‘१ करोड रकम सहयोग गर्ने निर्णय हुँदैछ । २० जनाको चिकित्सक र औषधी पठाइने छ’ स्रोतले भन्यो,‘ केहिबेरमा निर्णय हुन्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *