समाजवादी मोर्चाको काठमाडौं संयोजन समिति गठन

काठमाडौं । समाजवादी मोर्चा काठमाडौंको संयोजन समिति गठन भएको छ । बिहीबार भएको मोर्चा आवद्द दलहरूको भेलाले मोर्चा गठन गरेको हो ।

मोर्चामा नेकपा एकीकृत समाजवादीबाट एलपी श्रेष्ठ र ध्रुव न्यौपाने नेकपा माओवादी केन्द्रबाट संजय लामा र महेश्वर फुयाल नेकपाबाट भृकुटी सी र सुरेन्द्र सी जनता समाजवादीबाट अजित पुतुवार एक जनापछि थप गर्ने गरी गठन भएको छ ।

समिति गठन कार्यक्रममा समाजवादी मोर्चा नेपालका केन्द्रीय सदस्य सचिव तथा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल प्रमुख अतिथि रहेका थिए । हमालले मोर्चा गठन र उदेश्यमाथि प्रकाश पार्दै निर्देशनात्मक मन्तव्य राखेका थिए ।

कार्यक्रममा समाजवादी मोर्चा बागमती प्रदेश अध्यक्ष सावित्रा भुसाल, नेकपाका तर्फबाट मोर्चाका वाग्मती सदस्य सन्तोषि सी,जसपाको तर्फबाट मोर्चाका बाग्मती प्रदेश सदस्य तथा जसपा वाग्मती अध्यक्ष जय गोले सहित नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा काठमाडौं इञ्चार्ज वसन्त मानन्धरको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मोर्चा वाग्मतीका संयोजक सावित्रा भुसालले वाग्मती प्रदेश भित्र मोर्चाको गतिविधिका बारेमा जानकारी गराएकी थिइन् । मोर्चाको संयोजनको जिम्मेवारी पाएको नेकपा एकीकृत समाजवादीले पहिलो ४ महिना संयोजनको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

समाजवादी मोर्चा नेपालले यही कार्तिक १९ गते रसुवा जिल्ला संयोजन समिति गठन गर्ने तयारी गरेको मोर्चाका वागमती संयोजक भुसालले बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *