विष्णु पौडेललाई वर्षमानको जवाफ- जनयुद्ध दिवसबारे निर्णय गर्दा तपाईँ उपप्रधानमन्त्री हुनुहुन्थ्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले एमाले उपाध्यक्ष विष्णु पौडेललाई आफू क्याबिनेटमा हुँदा सरकार गरेको निर्णय हेर्न आग्रह गरेका छन् ।

पौडेलले प्रतिनिधि सभाको बैठकमा बोल्दै जनयुद्ध दिवस मनाउने प्रस्ताव संसदमा लिएर आउन चुनौती समेत दिए ।

हिंसा आरम्भ गरेको दिन भएकाले फागुन १ गतेलाई दिवस मान्न नसकिने उनको भनाइ थियो ।

त्यसको जवाफ फर्काउँदै उनले भने, ‘जनयुद्ध दिवस मनाउने निर्णय माघ १९ गते भएको रहेछ। पूर्व वक्ता माननीयज्यू उपप्रधानमन्त्री हुनुहुँदो रहेछ त्यही क्याबिनेटले गरेको निर्णय हो। त्यसैले मैले संस्कारको कुरा गरे। हाम्रो संस्कार कहाँबाट आउने हो ? हामी आफैँले गर्ने फेरि अर्को ठाउँमा जाँदा त्यही कसरी गलत भयो ? त्यसैले संस्कार सुधार गरेर आफैतिर फर्केर हेरौँ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *