नेपालसँग भिड्नुअघि ओमानको लगातार दोस्रो जित

काठमाडौं। आईसिसी टी-२० विश्वकप छनोटमा ओमानले लगातार दोस्रो जित हात पारेको छ। मंगलबार भएको खेलमा ओमानले सिंगापुरलाई २२ रनले पराजित गर्यो।

ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रनले हराएको थियो। ओमानले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ५२ रन जोड्यो।

ओमानका फेयात बट र बिलाल खानले २/२ तथा सकिल अहमद, जिसन मकसुद, अकिब इलियास र मोहम्मद नदिमले एक एक विकेट लिए। त्यसअघि ओमानको पालीमा इलियासले ६३ र प्रतिक अथाभालेले ४२ रन बनाए। ओमानले समूहको अन्तिम खेलमा अब नेपालसँग खेल्दै छ। पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको नेपालले मंगलबार मलेसियाको सामना गर्दै छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *