बार्सिलोनाको मैदानमा चम्किए बेलिङ्घम, रियल म्याड्रिडले जित्यो एल क्लासिको

काठमाडौं। स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा रियल म्याड्रिडले बार्सिलोनालाई २-१ गोलले पराजित गरेको छ।

एल क्लासिको नामले चर्चित बार्सा-रियल म्याड्रिड भिडन्तमा भ्रमणकारी टोलीका ज्युड बेलिङ्घमले दुवै गोल गरेका थिए। दोस्रो हाफको इन्जुरी समय सुरु भएको दोस्रो मिनेटमा उनले गोल गर्दै रियल म्याड्रिडलाई महत्वपूर्ण जित दिलाए।

त्यसअघि घरेलु टोली बार्साले खेलमा सुरुवाती अग्रता लिएको थियो। इल्के गुन्डोगानले छैटौँ मिनेटमा गोल गरेका थिए। तर बेलिङ्घमले ६८ औँ मिनेटमा खेल बराबरीमा ल्याएका थिए। बेलिङ्घम यो सिजन ला लिगाका सर्वाधिक गोलकर्ता हुन्। उनले १० गोल गरिसकेका छन्। दोस्रो स्थानमा रहेका एट्लेटिको म्याड्रिडका एन्टोइन ग्रिजम्यानको ७ गोल छ।

जितपछि रियल म्याड्रिड अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। उसले ११ खेलबाट २८ अंक जोडेको छ। बार्साको पनि ११ खेलबाट २४ अंकसहित तेस्रो स्थानमा छ। दोस्रो स्थानमा रहेको गिरोनाको ११ खेलबाट २८ अंक छ। बार्सिलोनाले यो सिजन ला लिगामा पहिलो हार ब्यहोरेको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *