एक्लै बलियो बन्ने आँट नगर्ने हो भने गठबन्धनसँगै कांग्रेसको भविष्य समाप्त हुन्छ- महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन सँगै काँग्रेसको भविष्य समाप्त हुने बताएका छन् ।

प्रेस चौतारी दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले काँग्रेस गठबन्धनबाट तत्काल नबाहिरिए गठबन्धन सँगसँगै काँग्रेसको भविष्य समाप्त हुने दाबी गरे । ‘काँग्रेस जसरी अहिले एक्लै बलियो बन्ने आँट गरेको छैन् ।’ महासचिव पोखरेलले भने,’यदि यो गठबन्धन छाड्ने आँट गरेन भने काँग्रेस पनि गठबन्धन सँगसँगै समाप्त हुन्छ ।’

अहिलेको सत्ता गठबन्धन तस्करको इशारामा चलेको आरोप लगाउँदै सरकार माफियाका पछाडि लाग्दा अर्थतन्त्र कमजोर भएको टिप्पणी गरे । सरकारले अबैधानिक अर्थतन्त्रलाई प्रोत्साहन र बैधानिक अर्थतन्त्रलाई दुरूस्सहान गरेकाले अर्थतन्त्र बलियो हुन नसकेको बताए ।

दलालहरूको पहुँच अहिलेका गठबन्धनका नेताको शयन कक्षसम्म दलालको पहुँच भएको दाबी गर्दै दलालले चलाएको सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *