हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर ६ जुरिखेतमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाण्डौँबाट हेटौँडा आउँदै गरेको स्कुटर दुर्घटना हुँदा स्कुटरमा सबार श्रीमान, श्रीमती घाइते भएका थिए ।
हेटौँडा–काठमाण्डौँ सडकखण्ड अन्र्तगत जुरीखेतबाट करिब १ सय मिटर तल मोटरसाइकल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बागमती प्रदेश ०२–०२७ प ४८४२ नंबरको स्कुटर आफै अनियन्त्रीत भएर दुर्घटना हुँदा काठमाडौं महानगरपालिका वडा नंबर २७ महाबौद्ध निवासी ६२ वर्षकी राज्यश्री थापाको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने उनका श्रीमान मोटरसाइकल चालक ६५ वर्षका शशिराज पाण्डे घाइते भएका छन् ।
पाण्डेको उपचार जारी रहेको प्रहरीको भनाई छ ।

Leave a Reply