राजावादीहरुले कम्वोडियाको टेलिकममा ओलीको लगानी भनेर भ्रम छरेको देखिन्छ: शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरु कम्वोडियाको टेलिकममा एमाले अध्यक्ष केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन् ।

वैचारिक र राजनीतिक रुपमा स्खलित भएकाहरुको हतियार नै भ्रम सिर्जना गर्नु भएको बताए । उनले यस्ता भ्रममा नपर्न समेत आग्रह गरे ।

उनले फेसबुकमा लेखेका छन्,‘पहिले माओवादीहरु जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्दथे । अहिले राजावादीहरु कम्वोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको देखिन्छ । वैचारिक र राजनीतिक रुपमा स्खलित भएकाहरुको हतियार नै भ्रम सिर्जना गर्नु हो । नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्ति माथिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार हो । भ्रममा नपरौं, यस्ताखाले षडयन्त्र विरुद्ध गम्भीर बनौं।’

Comments

3 responses to “राजावादीहरुले कम्वोडियाको टेलिकममा ओलीको लगानी भनेर भ्रम छरेको देखिन्छ: शंकर पोखरेल”

  1. Bipin Avatar
    Bipin

    are you afraid ?

    1. मिठु लामिछाने Avatar

      अन्तराष्टिय मिडियाले भनेको पनि झुटो हो त ?

  2. ksp pyl Avatar
    ksp pyl

    भारतका नेता र पत्रकार पत्रु हुन् । नेपालको दुर्गा प्रसाईं बैंकको ऋण नतिर्न र ओलिले टिकट नदिएक‍ो रिस फेर्न घिनलाग्दो काम गर्दैछ । यसलाई अहिले प्रचण्ड, भारत र राजावादीले पैसा दिएर उचालिरहेका छन् । मान्छे मार्ने पेशेवर गुण्डा र दुर्गाको काममा भिन्नता छैन । ओलि, एमालेलाई जोडेपछि दलाल मिडियाले प्राथमिकता दिन्छन् र प्रचार प्रसार हुन्छ भनेर दुर्गा भन्ने सडकछाप त्यहि काम गर्दैछ । घटिया गु्ण्डाहरूको कुरालाई स्थान नदेउ मिडियाहरू । दुर्गा र बानेश्वरको सडकको विचमा जाँड खाएर हल्ला गर्ने जड्याहाबीचमा कुनै फरक छैन । ज्ञानेन्द्रले ऋण तिर्न पैसा दिन्छन् भनेर गुलामी गरेको ह‍ो यसले । माओवादीको बेलामा लुटेको पैसा लिएर प्रचण्डहरूलाई नदिएको हो यसले । यस्ता थर्ड क्लासको के कुरा गर्नु ? अनि यो थर्ड क्लासको कुरा अर्को घडी चोर थर्ड क्लासले पनि शेयर गरेछ । भेडा भेडासँग भनेको यहि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *