जनकपुरधाम । विजया दशमीको अवसरमा मंगलबार जनकपुरधामस्थित धनुष सागर पोखरीको डिलमा रावण वध र लंका दहन गरिएको छ ।
असत्यमाथि सत्यको विजयी भएको सम्झनामा विजया दशमीको दिन हरेक वर्ष महावीर यूवा कमिटीले रावण वध र लंका दहन कार्यक्रमको आयोजना गर्छ । हिजो रावण वध र लंका दहन पश्चात आतिशबाजी गरिएको छ ।
विजयदशमीको अन्तिम दिन मंगलबार साँझ रावण, मेघनाथ र कुम्भकर्णको प्रतिमा निर्माण गरी ‘बध’ गरिएको हो ।
भगवान रामको भुमिकामा यहांका राम मन्दिरका महन्त रामगिरी दासले धनुषबाट तीर छाडेपछि रावण, मेघनाथ र कुम्भकर्णको प्रतिमामा आगो लागेको थियो । यो कार्यक्रम हेर्न हजारौं दर्शकको भीड लागेको थियो ।
त्रेतायूगमा भगवान रामले लंकाका राजा रावणको बध र लंका जलाएको थियो । त्यसलाई असत्यमाथि सत्यको विजयी भएको रुपमा लिन्छ । जनकपुरधाम भगवान रामको ससुराली पनि हो । त्यसैले यहाँ रावण वध र लंका दहन कार्यक्रम भव्य रुपमा मनाइन्छ ।


Leave a Reply