रूपन्देही । रूपन्देहीमा दुर्गाको मूर्ति विसर्जन गर्न घाट गएका दुईजनाको डुबेर मृत्यु भएको छ । स्थानीय दानव र तिनाउ नदीको संगममा मर्चवार क्षेत्रको दुर्गा मूर्तिहरू विसर्जन गर्न गएकामध्ये २ जनाको डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले नेपाल प्रेसलाई बताए ।
सोही स्थानका २० वर्षीय सन्तकुमार राजभर अझै बेपत्ता रहेको विश्वकर्माले बताए । बेपत्ता सन्तकुमारको खोजी भइरहेको छ ।

Leave a Reply