काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा भइरहेको गतिविधिबाट पाठ सिकेर अघि बढ्न सुझाव दिएका छन् ।
मंगलबार महाराजगञ्जस्थित निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाइदिँदै उनले व्यंग्यात्मकरूपमा देशमा छिनछिनमा भुइँचालो गइरहेको टिप्पणीसहित विचार गरेर बस्न आग्रह गरे ।
उनले भने, ‘सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा दसैँको शुभकामना दिन चाहन्छु । धेरै भन्नुपनि हुँदैन, सप्तमीको दिनमा भनेको छु । हामीले पाठ पनि सिक्नुपर्नेछ । छिनछिनमा भुइँचालो पनि आइरहेको छ । विचार गर्नुस् ।’
निर्मल निवास परान्ह पौने चार बजेबाट आम सर्वसाधारणलाई टीका लगाइदिन खुला गरिएको थियो ।

Leave a Reply