महेश बस्नेतको नाम लिएर भाइरल बन्ने दुर्गा प्रसाईँलाई चेतना भया

महेश बस्नेतले दुई दिनअघि लेखेको स्टाटसलाई धेरैले समर्थन जनाए । ‘संघर्षको बेलामा सँगै हिड्नुपर्ला भनेर डराउँछन्, उपलब्धि प्राप्त भएपछि भाग पाइन भनेर कराउँछन् आफ्ना मान्छेहरू’ । यो स्टाटस जति मार्मिक छ त्यति नै यथार्थ पनि बोलेको छ ।

एउटा चुनाव हार्ने डरले देशका धेरै नेता सत्य बोल्नसमेत डराउँछन् । तर, महेश बस्नेतले सत्य बोल्दा चुनावी हारजित लेखाजोखा गर्दैनन् । नीति र नेतृत्वको पक्षमा दृढतापूर्वक संघर्ष गर्दा कहिलेकहिँ महेश एक्लै हुन्छन् तर उनको लडाइँ सफल हुँदा भाग खोज्ने अरु नै हुन्छन् ।

त्यसैले यसपटक महेश बस्नेतबारे मेरो मनका कुरा लेख्न मन लाग्यो । किनकी उहाँ अहिले फेरि चर्चामा हुनुहुन्छ ।

महेश बस्नेतको नाम म सानो हुँदादेखि मेरो कानमा सधैंभरि गुन्जिएको हो । अहिले त उहाँ मेरो राजनीतिक अभिभावक पनि हुनुहुन्छ। नेकपा एमाले पोलिटब्युरो सदस्य, पूर्वमन्त्री तथा राष्ट्रिय युवा सघं नेपालको इन्चार्जको बारेमा मेरो लेख्ने औकात नहुन सक्छ ।

महेश बस्नेत राष्ट्रिय नेता हो तर भक्तपुरको चाहिँ विकासको संवाहक । आज भक्तपुरका भित्री सडकहरु समेत कालोपत्रे बनेका छन् र जितेका सांसदलाई जनताले खोज्दैनन् तर महेश बस्नेत चुनाव जिते पनि हारे पनि जनताको सुख दुःखमा भेटिनु हुन्छ ।

हाम्रो हिजोको भक्तपुर र आजको भक्तपुर आकाश पातालको फरक भइसकेको छ । यो मेरो परिवारमात्र होइन भक्तपुरमा आएर बस्ने अधिकांशको भनाइ हो । आज हनुमन्ते कोरिडोर भन्नुस् वा सिपाडोलको विकास, महेश बस्नेतको मेहनत र जनताप्रतिको समर्पण हो ।

शान्ति प्रक्रियामा आइसकेका बेला वाईसीएलको आतंकदेखि सबै दलका नेता त्रसित थिए । आतंकविरुद्ध बोल्ने हिम्मत कुनै नेतामा थिएन ।

अपहरण र बन्दुकले त्राहित्राहि भएको बेला आफ्नो ज्यानको बाजी राखेर युथफोर्सको नेतृत्व गरी जुध्ने जोदाहा नेता र अराजकतालाई तह लगाउने बहादुर योद्दा हो महेश बस्नेत ।

देश र जिल्ला जिल्लामा आफ्नो हक हित, सुशासनको बिगुल फुक्दै जनताको माझ अनबरत लाग्ने निडर युवा नेता । भक्तपुरको खानेपानी, सडक, खेलकुद मैदान , बनजंगल , पार्क मठमन्दिरको संरक्षण गरि भक्तपुर पर्यटनको आकर्षण बनाउने विकासे नेता हो महेश बस्नेत ।

हनुमन्तेको बाढीले सदैव त्राहिमामको अवस्थाबाट जनताई मुक्त गराउने जनप्रतिनिधि हो महेश बस्नेत । सबैलाइ समान आँखाले हेर्ने, कहिल्यै ठूलो नबन्ने, साधारण व्यक्तित्व हो महेश बस्नेत ।

महेश बस्नेतको लागि दुर्गा प्रसाईं कोहो र ? तर, प्रसाईँले जसरी कुनै समुदायप्रति घृणा फैलाउने, आस्था र धर्मप्रति भड्काउने काम गरेपछि यस्तो अराजकतालाई तह लगाउनु महेश बस्नेतेको कर्तव्य हो । दुर्गा प्रसाईँजस्ताले समाजमा हिंसा भड्काउन खोज्छ भने महेश बस्नेत चुप बस्न सक्दैन ।

ऋण लिएर नतिर्ने अनि उल्टै बैंक तथा वित्तीय संस्थाहरुमाथि भौतिक आक्रमण गर्ने कार्य राज्यले नियन्त्रण गर्नु पर्ने हो । राज्य निरीह बन्छ भने महेश बस्नेत निरीह बन्दैन । देशको अर्थव्यवस्था नै तहसनहस पार्न कोही उद्यत हुन्छ भने त्यस्तालाई छाडा छाड्न मिल्दैन ।

केपी ओली र महेश बस्नेतलाई मनपरी गाली गरेपछि भाइरल बन्न पाइन्छ भनेर दुर्गा प्रसाईँले आफ्नो सीमा नाघेका छन् । उनलाई ओली र महेश बस्नेतले माफी दिए पनि युवाले दिँदैनन् । अराजकताको समाधान खोजिन्छ ।

दुर्गा प्रसाईँ, तपाईँ साच्चिकै नेपाल र नेपालीलाई माया गर्ने व्यक्ति हो भने पहिला आफूले गरेको गल्तीमा माफी माग्दै बैंक ठगीदेखि विभिन्न अवैध कामहरूको व्यवहार मिलाएर आउनुहोला । ऋण नतिर, आत्महत्या गर भनेर उक्साउनेलाई महेश बस्नेतले सलाम गर्नुपर्ने हो ?

दुर्गा प्रसाईँको पछि महेश बस्नेत किन लागेको भन्ने टिप्पणीहरूमा हाम्रो यतिमात्र भन्नु छ, बौलाहा कुकुर भुक्यो भने बेलैमा उपचार नगर्दा अरुलाई टोक्छ । हाम्रा कतिपय काममा कमजोरी भएहोलान् तर अराजकतालाई प्रश्रय दिन सकिन्न । हो त्यही काम महेश बस्नेतले गरेको हो ।

संघर्षको भट्टीमा खारिएर आएका नेता महेश बस्नेतको नाम लिएर भाइरल हुन खोज्ने दुर्गा प्रसाईँ प्रवृतिविरुद्ध युवा संघको वैचारिक संघर्षमात्र होइन आवश्यकता पर्दा जस्तालाई तस्तै सिद्धान्त पनि प्रयोग हुनेछ । चेतना भया ।

(रमिला नेपाल, राष्ट्रिय युवा संघ नेपालकी केन्द्रीय सदस्य हुन्)

Comments

5 responses to “महेश बस्नेतको नाम लिएर भाइरल बन्ने दुर्गा प्रसाईँलाई चेतना भया”

  1. ksp pyl Avatar
    ksp pyl

    महेश बस्नेत महान छन् । यसमा दुई मत छैन । दुर्गा प्रसाईले एमाले र यसका नेता विरूद्व बोल्दा महेश बस्नेत बचावमा अघि सर्दा पनि ठिक काम हो । तर अन्य विषयमा दुर्गाले बोलेको कुरालाई लिएर महेशजिले राज्यको नालायकीपन माथि प्रहार गर्नु उपयुक्त हुन्छ । दुर्गाले ऋण नतिर भन्दा, कुनै समुदाय विरूद्व बोल्दा महेशजिभन्दा राज्य अघि सर्नु पर्ने । तर आश्चर्य राज्य मौनं सम्मति जनाईरहेको छ । कारण दुर्गाले ओलिलाई जथाभावि भने भनेर प्रचण्डलाई खुशी लागेको होला । चुनावमा टिकट नपाएर दुर्गा रन्थनाएको छ । त्यसैले महेशजिले कुरा र काम दुर्गाले गरेको उल्लेख गरेर गालि राज्य र प्रचण्डलाई गर्नु वुद्विमानी हुन्छ । त्यो सडकछाप दुर्गाको के पछि लाग्नु ? रमिलाजिलाई महेशजिलाई मेरो अनुरोध सुनाईदिनुहुन अनुरोध गर्दछु ।

  2. Bipin Avatar
    Bipin

    झोलेपानको चरम रूप, नेपाली जनताको लागि केही लेख्नुहोस्।

  3. Mohan Avatar
    Mohan

    Nonsense mentally slave UML cadre

  4. Bhawani poudel Avatar
    Bhawani poudel

    महेश बस्नेत संभावना भएका नेता हुन तर बा को अघि परेपछि गरुडको अघि सर्प जस्तै हुन्छन! उनले जनसहभागिता मुलक कार्यक्रम नगरेर झोलेलाइ पाल्ने काम गरेकोले मात्र चुनाव हारेका हुन! बास्तविकता यहि हो!तपाइँको कमान्डर को प्रशंसा तपाईंले गर्नु, महेश बस्नेतले बा को आदेश मान्ने मात्र गरेकोले आज यो दिन आएको हो,बा ले पवन गोल्यानको मिलोमतो मा दुर्गा लाई त्यो चेतावनी दिएकै हो! त्यो कार्यक्रम का संचालक महेश हुन! दुर्गाले आफ्नो महेशले बा को आदेशको पालना गरेकै हो!तपाइँको चिल्लो घसाइ महेश्लाइ अलिकति बढी भो! दुर्गा को अनुहार हेरेर बैंक ले लगानी गरेको होइन,ब्याज साँवा नतिरेपछि लिलाम गरे हुन्छ! दुर्गा को भनाइ बैंक ले व्याजदर घटाउनु पर्यो,तिर्न नसकेर केही मरे,धेरैको धितो लिलाम हुँदैछभनेको हो! ब्याजदर घट्दा २% घट्यो भने मात्र पनि दुर्गाको करोड घट्छ, यो यथार्थ दुर्गाले लुकाउनु पर्दैन र सायद उनी त्यसैले लागि परेका हुन यो पनि सत्य हो! तर यहि कारण ले कोहि कालो मोसो दल्ने कोहि गाडी तोडफोडमा उत्रने किन? यहि दुर्गा होइन? प्रचण्ड र खड्ग ओली लाई मार्सी चामलको भात ख्वाएर पार्टी एकीकरण गराउने ?अहिले उ राजाबादी भएर मात्र त्यसो गरेको होखड्ग प्रसाद र पवन गोल्यान जे भिले !हिजो अस्ति सम्म मेरो साखै हजुरबुबा भन्दा तपाईंको ताली पनि देखेको हो, मन नपरेको मान्छे को सास गन्हाउने र मन पर्नेलाइ चुम्मा खाने काम हुन्जेल यस्तै हो! म दुवैको समर्थक पनि हो! महेश र दुर्गा ko distance बढाउने कुरो को चुरो खड्ग प्रसाद र गोल्यान जेभी हो, सार कुरा यति नै हो मैले बुझेको! तपाइले अलिकति धेरै बुझेर लेख्नु भएछ !धन्यवाद ! आइन्दा कुनै कुरा को विश्लेषण गर्दा निश्पक्ष गर्नुहोस् !कार्यकर्ता भनेको नेतृत्व को गलत लाई पनि सही हो भनेर विश्लेषण गर्ने भएकाले रवि हरुले राजनीति मा कराएको भरमा स्थापित गरिसकेको ले यस्ता झोले लेख लेखेर संप्रेषण नगर्नु होला!

  5. भवनी पौडेल Avatar
    भवनी पौडेल

    मैले बुझेको लेखेको हो,कसैलाई जानकारी भए सुझाव दिनु होला,

Leave a Reply

Your email address will not be published. Required fields are marked *