एनआरएन कार्यालयमा पराजित समूह पस्यो, पदभारग्रहण भन्दै कोरिडोरमा फोटोसेसन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए‌)को पदभार समूहले आज बालुवाटारसिंह संघको केन्द्रीय कार्यालयभित्र पसेर फोटोसेसन गरेको छ । विजयी टिम कार्यालय छोडेर दशैं मनाउन हिँडेको मौकामा पराजित टिम भित्रिएको हो ।

बालुवाटारमा एउटा भवनको फ्ल्याटमा एनआरएनको हेडअफिस छ । अरु फ्ल्याट अरुले नै भाडामा लिएकाले मुल गेट खुल्ला नै हुन्छ ।

पराजित टिमले बनाएको कार्यसमितिका अध्यक्ष आरके शर्मासहितको टीम मुल गेटबाट सरासर भित्र छिर्यो । तर, भित्रका सबै कोठामा ताला लागेका थिए ।

Comments

3 responses to “एनआरएन कार्यालयमा पराजित समूह पस्यो, पदभारग्रहण भन्दै कोरिडोरमा फोटोसेसन”

  1. Rohini Avatar
    Rohini

    हेर हेर गाईजात्रा ।

  2. ksp pyl Avatar
    ksp pyl

    लाज घिन पनि नभएका नकचराहरू । यस्तै अनैतिकहरूको कार्यालयमा गएर फोटो पनि खिचाएको देखियो । फेरि हाँसेको किन हो । दुनियाले गाईजात्रा हेरेर के भन्लान् भन्ने पनि रहेनछ । संसारमै नभएका लाजका पसारोहरूको झुण्ड रहेछ यो ।संघको ताल्चा लागेको कार्यायको बाहिर फोटो खिचाएर बहादुरी पनि देखाएछन् ।

  3. Deo Prakash Rai Avatar
    Deo Prakash Rai

    हरेक पटक यस्तै नाटक हुन्छ । याे NRN भन्ने संगठनमा जित्नैपर्ने नजिते बहिष्कार गर्ने सभाव कस्तो हाेला ? यिनीहरूले विदेशमा बसेर सिकेको विधिको विधान यहि नै हाे ? त्यसैले पुर्व अध्यक्ष शेष घले , उपेन्द्र महताेहरू निष्क्रिय देखिन्छन् पछिल्लो NRN काे Convemtionहरूमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *