एनआरएन फुटतर्फ– निर्वाचित नेतृत्वले सपथ खाएसँगै समानान्तर समिति बनाउने असन्तुष्टको तयारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) फेरि विभाजन उन्मुख बनेको छ । नयाँ नेतृत्वका लागि भएको चुनावपछि उत्पन्न विवादसँगै एनआरएन दुई टुक्रा हुने भएको हो ।

निर्वाचन समितिले नयाँ निर्वाचित टिमलाई आधिकारिकता दिएको छ । आज समितिले विजयी उम्मेदवारहरुलाई प्रमाणपत्र वितरण र सपथग्रहण गरायो । अर्कोतर्फ पराजित समूह भने समानान्तर कमिटी घोषणाको तयारीमा रहेको छ । उनीहरुले आज ५ बजे पत्रकार सम्मेलन बोलाएका छन् ।

निर्वाचनमा एक उपाध्यक्षका उम्मेदवारको शून्य मत आएको विषयलाई लिएर विवाद भएको थियो । यसैलाई देखाएर अध्यक्षमा पराजित दुई उम्मेदवारले परिणाम नमान्ने अडान लिएका छन् । यस विषयमा महाधिवेशनको निर्वाचन समितिले भोटिङ कम्पनी भेरोबाट नयाँ रिपोर्ट मगाएर निर्वाचन परिणाम प्रकाशित गरेको छ ।

भेरोले पठाएको अडिटेड रिपोर्टलाई निर्वाचन समितिले सही ठह्याएपश्चात निर्वाचितहरुको सूची वेवसाइटमा प्रकाशित गरिएको हो । आजै सपथग्रहण गराएर प्रमुख निर्वाचन आयुक्तले हस्ताक्षर गरेको प्रमाणपत्र विजयी उम्मेदवारहरुलाई हस्तान्तरण गरियो । यससँगै निर्वाचित नयाँ नेतृत्वले जिम्मेवारी सम्हालेको छ ।

भेरोले यदि यो निर्वाचन परिणाममा कसैले कानूनी चुनौति दिएमा संसारका जुनसुकै अदालतमा जान तयार रहेको समेत अवगत गराएको छ । भेरोको उक्त प्रष्टीकरणमा निर्वाचन समिति आश्वस्त बनेको स्रोतले बतायो ।

यता पराजित समूहले भने अझै पनि परिणाम स्वीकार गरेको छैन । अध्यक्षमा हारेका दुई उम्मेदार आरके शर्मा र महेश श्रेष्ठ निर्वाचन प्रक्रिया नै पूर्णरुपमा रद्द गर्नुपर्ने अडानमा थिए । हिजो दुई पक्षबीच निर्वाचन परिणाममा भएको गडबडीबारे प्राविधिक समिति बनाउने र त्यसले १५ दिनभित्र रिपोर्ट दिएपछि त्यसका आधारमा अघि बढ्ने समझदारी भएको असन्तुष्ट समूहको दावी छ । तर, उक्त सहमति तोड्दै आज एकपक्षीयरुपमा सपथग्रहण गरिएपछि असन्तुष्ट समूह आक्रोशित बनेका छन् ।

स्रोतका अनुसार आजै अर्को कमिटीको घोषणा हुन सक्छ । पराजित दुई उम्मेदवार महेश श्रेष्ठ र आरके शर्मामध्ये एकजना अध्यक्ष बनेर कमिटी निर्माण हुने स्रोतले दावी गर्यो । अहिले निर्वाचित समितिमा दुई उपाध्यक्ष र कोषाध्यक्ष असन्तुष्ट समूहमा रहेको बताइन्छ । निवर्तमान समितिका दुई अध्यक्ष (रविना थापा र कुल आचार्य) असन्तुष्ट समूहमा छन् । यस्तै निवर्तमान महासचिव र दुई कोषाध्यक्ष पनि असन्तुष्ट समूहमा रहेको बुझिएको छ ।

Comments

2 responses to “एनआरएन फुटतर्फ– निर्वाचित नेतृत्वले सपथ खाएसँगै समानान्तर समिति बनाउने असन्तुष्टको तयारी”

  1. nagendra Avatar
    nagendra

    यो कस्तो ‘घटिया’ पारा : चुनावमा भाग लिने तर परिणाम नस्विकार्ने !! आँफैले जित्न पर्ने नत्र अर्कै संस्था गठन गर्ने !! यो त माकुने प्रब्रित्ती भयो : नेपालको बिकारयुक्त गठबन्दन जस्तो !! देश उन्नतिमा लाग्न पाइन भने हुटहुटी हो कि धेरै ठुलो लगानी भएको छ त्यो डुब्ला भन्ने चिन्ता हो !?
    हेर्दा त सुकिला मुकिला नै देखिन्छन, टाइ सुट पनि चट्ट तर सोचाइ काम र कर्म चाँही यत्ती फोहोरी, गन्धे र घटिया : के सिकेउ बिदेसिएर !?

  2. Rohini Avatar
    Rohini

    जंड्याहा पारा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *